ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

नेपाल गौरव यात्रा
विश्वभरी ईश्वी संवत् अनुसार जून महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइने गरिन्छ । सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरू अर्थात् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जनसंख्या अन्तर्गतका विभिन्न पहिचानयुक्त समूहहरूले यस महिनालाई विशेष रूपमा मनाउने गरेका छन् ।
