विश्व ओजोन तह बचाउ दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

विश्व ओजोन तह बचाउ दिवस




विश्व ओजोन तह बचाउ दिवस विशेष अडियो सामग्री

विश्वमा अनेकन दिवस मनाइन्छ । त्यसैमध्ये पर्छ, ओजोन दिवस पनि । यो दिवसले यो सन् १९८७ सेप्टेम्बर १६ मा २४ वटा राष्ट्रबीच भएको ओजोन विनाशक हानिकारक तत्वहरूको उत्पादनमा कम गर्ने ‘मोन्टेरल हस्ताक्षर’को याद दिलाउँछ ।

यस्ता हानिकारक तत्वहरूमा क्लोरोफ्लोरो कार्वन लगायत अन्य विभिन्न ९४ वटा रसायनहरू पर्दछन् । विश्व ओजोन दिवस सन् १९९५ देखि मनाउन क्रमको शुरु भएको हो । सन् २०२१ को यस दिवसको यो वर्षको नारा चाहिँ 'Montreal Protocol – Keeping us, our food and vaccines cool' अययुि छ । कोरोना त्रासबाट सुस्तरी उक्लदै गएको विश्वमा खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राख्न भन्ने विम्ब प्रयोग गएिको छ ।

विश्वभरि जुनै पनि महादेश या देशका विद्यालयका प्राथमिक अनि माध्यमिक तहको पाठ्यक्रममा ओजोन तह, जलवायु परिवर्तन अनि घट्दो ओजोन तहलाई कसरी जोगाउने भनी जानकारी दिइन्छ । हामीमध्ये पनि धेरैले ओजोन तह अनि जलवायु परिवर्तन जस्ता मुद्दाहरू विद्यालयस्तरमै पढेर अनि सुनेर चाल पाएका हुन सक्छौं । संयुक्त राष्ट्रसंघका पनि विभिन्न विश्वव्यापी शैक्षिक प्याकेजहरू अनि पाठ्यक्रममा पनि यी मुद्दाहरू समावेश गरिएका छन् । विश्वभरि विभिन्न कार्यक्रमहरू हरेक पर्षको सेप्टेम्बर १६ मा ओजोन तह बचाऊ दिवस मनाइन्छ ।

स्मरणरहोस्, पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमीमाथि रहेको ओजोन एउटा रक्षात्मक कवज हो । यसले सूर्यका हानिकारक किरणहरूलाई पृथ्वीमा सोझै छिर्नबाट रोक लगाउँछ । मानवीय क्रियाकलापका कारणले गर्दा अनि अव्यवस्थित औद्योगिकरण अनि ज्यादा रसायनको प्रयोगले ओजोन तहहरू च्यातिँदै जाँदा अनि विनाश निम्तिदैछ ।

यसरी विनाश भएको ओजोन तह जति चाहे पनि मानिसले आफैँ बनाउन सक्दैनन् । मानव अनि सभ्यताको सुरक्षाका लागि ओजोन सम्र्वधन अत्यन्त जरुरी छ । ट्राफिक जाममा गतिहीन इन्जिनहरूको धुँवा अनि त्यसको तापबाट गाडीको पेन्ट अनि एयर कन्डिसनबाट क्लोरोफ्लोरो कार्वन उत्पन्न हुन्छ । ओजोन तहको बचावटका लागि भरपर्दो सार्वजनिक यातायातका साधनहरूको उपलव्धता अनि इन्धनको कम खपत हुने साधनहरू जस्तै साइकल अनि पैदलयात्राको प्रर्वधन जरुरी छ ।

त्यस्तै हामीले शरीरमा हाल्ने अत्तर अर्थात् ‘बडी स्प्रे’ अनि फ्याक्ट्रीमा प्रयोग हुने गन्ध आउने अत्तर अनि सुगन्धात्मक पदार्थहरूलाई ओजोन तह विनाशको प्रार्थमिक कारण मानिन्छ । यस्ता पदार्थलाई ‘स्प्रे एरोसोल’ भनिन्छ, जुन पचासौँ वर्षदेखि उद्योगमा प्रयोग हुँदै आएको छ । यस्ता ‘स्प्रे’मा ‘क्लोरोफ्लोरो कार्वन’ हुन्छ । जसले ओजोन तहमा पुगेर परावैजनी तहसँग मिलेर ओजोनलाई विनाश गर्दै क्लोरिनका रूपमा परिवर्तन हुन्छ । यस्ता क्लोरिनका एउटा अणुले हजारौँ ओजोनका अणुहरूलाई विनाश गरिदिन्छ ।

ओजोनको विनाशसँगै घाममा हानिकारक किरणहरू आउने, क्यान्सर लगायत अन्य रोगहरूको वृद्धि हुने, जमिन जलचर अनि थलचरको जीवनमा नकारात्मक असर गर्ने अनि समग्रमा मानव अस्तित्व नै संकटमा पर्ने खतरा छ । पृथ्वीको अन्य क्षेत्रमा २० प्रतिशतले ओजोन तह विनाश भएको तथ्याङ्क भएपनि अन्टार्कटिकामाथि भने चीसो मौसम अनि क्लोरिनको बाक्लोपनाका कारणले ८० प्रतिशत बढी ओजोन तह विनाश भइसकेको छ । यस ठाउँलाई सन् १९८० देखि नै ओजोन दुलो भन्ने गरिन्छ ।

दुर्भाग्य, नेपालका अधिकांश शहरहरूको अव्यवस्थित शहरीकरण, अचाक्ली आधुनिक अनि बिलासी जीवनशैलीको मूल्य ओजोन सतहले चुकाउनु त परिरहेको छैन ?

हुन त, सामान्यतया परमाणु शक्ति अनि न्युक्लिएर भट्टीहरू नभएको साथै अत्यधिक प्रदुषण गर्ने भीमकाय उद्योग पनि नभएका हिसाबले नेपाल तुलनात्मक रूपमा ओजोन सतह विनाशको भागीदारमा कम भागमा पर्न सक्छ । तथापि पृथ्वीका सम्पूर्णबासीले यो दुर्भाग्य सहन गर्नुपर्ने भएकाले हामी सचेत हुन जरुरी छ । विकासका नाममा विनाश साटासाट गर्नु बुद्धिमत्ता पक्कै होइन । तसर्थ, अबको विकासका पूर्वाधारहरू वातावरण–मैत्री अनि ओजोन सतह–मैत्री पनि हुन जरुरी छ ।

आँउदा पुस्तालाई स्वच्छ अनि सुरक्षित विश्वको आधार हस्तान्तरण गरिनु जरुरी छ ।

घामविना सृष्टि सम्भव छैन । घामका किरणहरू छान्ने ओजोनलाई बचाउन हाम्रो जिम्मा हो । ओजोनको सुरक्षामा हाम्रो अस्तित्व लुकेको छ । ओजोन तह सुरक्षा दिवसको शुभकामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.