आज द्वादशी श्राद्ध, यस तिथीमा गोलोकधाम जानुभएका पितृहरुको संझना स्वरुप आज श्राद्ध गरिनेछ । सोह्र शाद्धको प्रारम्भसंगै अबका सकल पक्षहरु पितृ पक्षका स्वरुपमा आँउदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरुको मोक्षको कामना, सकल पितृहरुले बैतर्नी नदि तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरुको आर्शिवाद कायम रहोस्, सदिक्षा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरुपमा पितृहरुको अवशेष र पितृहरुकै स्वरुप हौं, हैन र ?
प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।
वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस बर्षको सोह्र श्राद्धको शुरुवातसंगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस् ।
मघा श्राद्ध
सामान्यतया त्रयोदशी श्राद्धलाई मघा श्राद्ध पनि भनिन्छ, यस दिन अपराह्नमा मघा नक्षत्र लाग्ने भएकाले यस त्रयोदशीलाई मघा त्रयोदशी पनि भनिएको हो । यसवर्ष चाँही मघा तिथी द्धादशी तिथीको अपहरान्नबाट नै शुरु हुँदैछ । भाद्रपदाको पूर्णिमा देखि अमावस्यसम्म चल्ने पितृपक्षको मघा नक्षत्र लाग्ने श्राद्धलाई विशेष रुपमा हेरिन्छ, पितृ कर्मका हिसाबले यस तिथी पनि अन्य तिथीहरु समान पवित्र रहेको छ यद्धपी नक्षत्रका हिसाबमा यस तिथीलाई विशेष मानिन्छ । मघा तारा चाँही पितृहरुले वास गरेको तारा मानिन्छ, आजको तिथीमा त्यसै ताराको नामले मघा श्राद्ध नाम राखिएको हो ।
सुयोग ढकाल
Liked by: