ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू

महीनाको प्रथम दिनलाई संक्रान्ति भनिन्छ भने महीनाको अन्त्य हुने दिनलाई मसान्त भनिन्छ । आज तुला संक्रान्ति अर्थात् सूर्य कन्या राशीबाट तुला राशीमा प्रवेश गर्दैछ । एक वर्षमा १२ वटा संक्रान्तिहरु हुन्छन् र संक्रान्तिको दिनमा सूर्य एउटा राशीबाट अर्को राशीमा प्रवेश गर्दछ । आजको संक्रान्ति यस हिसाबले पनि महत्वपूर्ण छ किनकी यस दिनमा दिन र रातको समय ठ्याक्कै समान हुन्छ ।