ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


गणेश चतुर्थी
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
आज गणेश चतुर्थी अर्थात् हात्तीको टाउको भएका भगवान् श्रीगणेशको जन्मदिन । हिन्दू धर्मावलम्बीहरू हरेक शुभकार्य, कर्मकाण्डी प्रक्रिया, पूजा–आजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि श्रीगणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्रीगणेशको नाम सर्वदा अगाडि आउँछ । यसैकारण पनि सनातन हिन्दू धर्मावलम्बीहरूबीच एउटा चर्चित भनाई नै छ, ‘शुभकार्यको श्रीगणेश गर्ने ।’ यो दिन गणेशलाई ८४ परिकारबाट बनेको समयबजी तथा फलफूल चढाउने चलन पनि छ ।