ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


उधौली पर्व | योमरी पुन्हि
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
किराँतहरूको महान् चाड साकेलाको दुई वटा पर्वमय पक्षहरू छन्, उँगौली र उँधौली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथि भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शब्दावलीहरूमा उँगो र उँधो शब्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगति अनि दुर्गति लगायत सुरु या अन्त्य जनाउन उँगो र उँधो शब्दको प्रयोग भएको पाइन्छ ।