New Hamro Patro Book Day | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

अन्तर्राष्ट्रिय पुस्तक दिवस | प्रतिलिपि अधिकार दिवस




अन्तर्राष्ट्रिय पुस्तक दिवस | प्रतिलिपि अधिकार दिवस विशेष अडियो सामग्री

के हो विश्व पुस्तक दिवस ?
यूनेस्कोले सन् १९९५ को आफ्नो साधारण सभाको वैठकमा एप्रिल २३ लाई विश्वभरिका लेखक लाई प्रेरित गर्न, लेखनलाई उत्साहीत गर्न र लेखकहरुको सम्मानस्वरुप विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवसमनाउने निर्णय गरेको हो । सन् १६१६ मा २३ अप्रिलकै दिन शेक्सपियर अनि गारसिलासो डेला भेगा जस्ता यूगान्कारी लेखक र साहीत्यकारको मृत्यू भएको थियो । त्यसैले २३ अप्रिलका दिन विश्व पुस्तक दिवस मनाइन्छ । पहिला स्पेनका लेखक मिग्वेल डी क्रेभान्टेसको सम्मानमा अप्रिल ७ मा यो दिवस मनाउने गरिएको थियो । तर पछि उनको निधन पनि २३ अप्रिलमा भएपछि यस दिवसलाई यही दिन सारिएको हो ।

प्रतिलिपि अधिकार भनेको के हो?
सर्जकहरूले सृजना गरेको बौद्धिक सम्पत्तिको रक्षा गर्न अनि सर्जकका रचनाहरूको अनधिकृत प्रयोगलाई रोकथाम गरि यो कार्य अवैध हो भनी सचेतना बढाउन प्रतिलिपि अधिकार दिवस मनाइन्छ। लेखक वा मौलिक कामका सिर्जनाकर्ताहरूलाई सामान्यतया सीमित समयको लागि विशेष अधिकारहरू प्रदान गर्न सरकारहरू द्वारा लागू गरिएको अधिकार हो। यो एक कानूनी अवधारणा हो ।

नेपालमा प्रतिलिपि अधिकार ऐन कहिलेबाट लागू भयो ?
नेपालमा सर्वप्रथम वि.सं. २०२२ मा प्रतिलिपि सम्बन्धी कानुन लागू भएको थियो । अहिले प्रतिलिपि अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ ले रचनाकारहरूको हकहितमा काम गर्दै आएको छ ।

विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस कसरी मनाइन्छ ?

विश्वभरि १०० वटा भन्दा धेरै देशमा शैक्षिक संस्था, सार्वजनिक निकाय, व्यावसायिक समूह र निजी व्यवसायहरूद्वारा विभिन्न पुस्तक प्रदर्शनी, प्रतियोगिता, गोष्ठी तथा सेमिनार, सम्मान कार्यक्रम आदि आयोजना गरेर विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाइन्छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.