ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


इन्दिरा एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ । पूर्णिमापछि र औंसीपछि एकादशी महिनाको दुई पटक आउँछ । पूर्णिमा पछिको एकादशीलाई कृष्ण पक्ष एकादशी र औंसीपछिको एकादशीलाई शुक्ल पक्ष एकादशी भनिन्छ । असोज कृष्णपक्षमा पर्ने एकादशीलाई इन्दिरा एकादशी भनिन्छ । इन्दिरा एकादशीका दिन विष्णुरुप शालिग्रामलाई पञ्चामृतले स्थान गराई पूजा गरी ब्रत बस्ने चलन रहेको छ । इन्दिरा एकादशीको ब्रत लिनाले समस्त पापहरुको नष्ट हुने विश्वासरहेको छ ।