अन्तर्राष्ट्रिय मानव अधिकार दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस




अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विशेष अडियो सामग्री

हरेक वर्षको १० डिसेम्बरमा अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाईन्छ, सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिवसको सम्झनास्वरुप यो दिवस मनाईन्छ । बिश्वमा यस मानव अधिकारको घोषणापत्र नै सबैभन्दा भन्दा धेरै भाषामा अनुवादीत अनि प्रकाशीत घोषणापत्र हो, यस घोषणापत्र ५०० भन्दा पढि भाषामा अनुवादित अनि प्रकाशीत छ ।

हामी सबैको आधारभूत मानव अधिकारकालागि हामीसबैले आवाज उठाउन पाउँछौ र यो जरुरी पनि छ । मानव जन्मिने वित्तिकैदेखि मृत्यूपर्यन्तसम्म एउटा सम्मानित र समान जीवन बाँच्नकालागि चाहिने सम्पूर्ण आधारभुत आवश्यक्ताहरू मानव अधिकार भित्र पर्दछ ।

मानव अधिकार घोषणा पत्रको मूभलभूत तथ्य अनि साराशं प्रस्तुत गर्न चाह्यौं
यस मानव अधिकार घोषणापत्रले हामीसबै मानवलाई सशक्तिकृत गर्दछ ।
मानव अधिकार हरेक मानवका लागि अपरिहार्य छ ।
हाम्रो साझा मानवता बिश्वबन्धुत्वको जरामा आसिन छ
समानता, न्याय र स्वतन्त्रताले मात्र द्धन्द लाई रोकेर शान्ति स्थापीत गर्दछ
जहाँ जहलिे मानवीय मूल्यमाथि आक्रमण हुन्छ, हामीसबै जोखिममा हुन्छौ
आफ्नो र अरुको अधिकारकालागि आवाज उठाउने गरौं


आजभोली सम्पूर्ण संसारनै त्रस्त छ, मानवीय संवेदनाहरुको अवमूल्यन अनि मानवताप्रतिको अनादरका घट्नाहरू बढ्दै गएको छ । चाहे नेपालको गाँउमा कोही महिलालाई वोक्सीको आरोपमा प्रताडना दिईएको होस् या संसारका कोही बालकले पढ्न नपाएको होस् या सिरियावाट शरणार्थी भएर गएकाहरुको पूनरवासको व्यवस्थापन नमिलेर पाएको दुःख होस् या म्यानमारबाट ज्यान जोगाउन भागेका रोनिगियाहरुको वेदनाको लर्को नै किन नहोस् ? संसारमा मानव अधिकारको निर्लज्जताका साथ धज्जी-धज्जी उडिरहेकै छ, कानून र मानव अधिकार पहुँच भएकाहरूकालागि अथवा पहूँचदेखि पर भएकाहरूकालागि पनि ? हामीले हामीभित्र रहेको मानवतालाई पूनः संग्रहित र संरक्षीत गर्न जरुरी छ । चाहे बाटोमा होस् या विद्यालय, कार्यमा होस् या यात्रामा, भोटिङ्ग बुथमा होस् या सामाजिक सञ्जालमा हामीले मानव अधिकार र मानवीयताको आवाजहरु उठाउन र सुदृढ गर्न जरुरी छ । आफ्नो मात्र नभई समाज अनि समाजका हरेक अङ्गको ब्यक्ति अनि परिस्थितीमा मानव अधिकारका आवाजहरु बुलन्द गर्न जरुरी छ ।

कोभिड १९ आउटब्रेकका कारणले विश्वभरिका राष्ट्रहरु र मान्छेहरुमा मानव अधिकारको बिभिन्न आधारशीलाहरुमा असर परेको छ । कोभिडको प्रकोपलाई कम गर्नका लागि राष्ट्रहरुले लिएका आकस्मीक प्रावधानहरु, यात्रामा रोक, शैक्षिक संस्थाहरुमा बन्दाबन्दीका कारणले अनि यस्ता धेरै अन्य कारणहरुले मानव अधिकारको आधारशीलाहरु हल्लीएका छन् । शिक्षा, स्वास्थ, यात्रा, ब्यापार आदि आधारभूल मानव अधिकारमा पर्दछन् । यस वर्ष राष्ट्रहरुले कोभिडलाई नियन्त्रण गर्न लिने हरेक कदमहरुमा मानव अधिकारका आधारहरु सूनिश्चित गर्न जरुरी छ ।

अपाङ्ग भएका ब्यक्तिहरु, तेश्रो लिङ्गीहरु, महिला, सिमान्तकृत समूदाय, बालवालिका लगायत विभेदमा पर्न गएका तपाइहामी सबैकालागि मानव अधिकार प्रमुख आवश्यक्ता हो र यसको प्रत्याभुतीको विकल्प छैन् । विकासका आधारहरुमा समृद्ध जीवनशैली खोजेका मान्छेहरुले अझै पनि एकअर्काप्रतिको आत्मियता र मैत्रीपूर्ण ब्यवहार सिक्न जरुरी छ । दिगो विकासकालागि मानव अधिकारको प्रत्याभूती जरुरी छ, धर्म, भाषा अथवा लिङ्गका नाममा मानव माथी हिंसा र आक्रमण भईरहेको वर्तमान परिपेक्ष्यमा समानताका लहरहरुको आवश्यत्तालाई मानव अधिकारका धारणाले मात्र सम्बोधन गर्न सक्दछन् ।श-सस्त्र द्वन्द अनि त्यसपछीको संक्रमणकालले निम्ताएको दण्डहिनताको वातावरणले गर्दा नेपालमा पनि मानव अधिकारको बलियो जग बसाल्न बाँकी नै छ । कतै अपराधीहरुलाई कारवाहीगर्न बाँकी छ त कतै कानूनी खोल ओढाएर साथ र संरक्षण दिने जमातबाट पीडितहरूलाई न्याय दिन बाँकि छ । मानव अधिकारको परिधी नाघ्नेहरुलाई कानूनको दायरामा ल्याउन जरुरी छ ।नयाँ पुस्तालाई मानवता अनि समानताका पाठहरु सिकाउँदै शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षा लगायतका आधारभूत आवश्यक्ता सहितका सुविधाले सिंचीत गर्न पाईयोस् । सगरमाथाको देशबाट संसारलाई यही सन्देश छ ।

---
हाम्रो पात्रोको लागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.