ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


षट्तिला एकादशी व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
माघ कृष्ण पक्षको एकादशीलाई षट्तिला एकादशी भनिन्छ । यस्लाई माघ कृष्ण एकादशी, तिला एकादशी आदि बिभिन्न नामले जानिन्छ । षट् अर्थात ६ वटा र तिल अर्थात तिलको दानो, यि दुई शव्द मिलेर यस एकादशीको आव्हान भएको छ । जस अनुसार तिलले स्नान गर्ने, तिलको लेपन लगाउने, तिलको हवन गर्ने, तिलले पितृ तर्पण गर्ने, तिलको भोजन गर्ने र तिल दान गरिन्छ । षटतिला एकादशीको ब्रत बस्नेले ब्रतका क्रममा जति दाना तिलको प्रयोग गर्दछन् त्यति नै बर्ष स्वर्गमा बास हुने धार्मिक विश्वास रहेको छ । त्यसैगरी अरु एकादशी ब्रत झैं श्रद्धापूर्वक षटतिला एकादशीको ब्रत बस्नाले सवै पापहरुको नष्ट हुने मान्यता रहेको छ । षटतिला एकादशी ब्रतका समयमा तिललाई विभिन्न ६ प्रकारले प्रयोग गरिने भएकोले नै षटतिला भनिएको हो ।