विश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

विश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस





खडेरीबाट सँगै उठौं " Rising up from Draught together"

खडेरी दिगो विकासको लागि सबैभन्दा ठुलो खतरा हो, विशेष गरी विकासशील देशहरूमा, तर विकसित राष्ट्रहरूमा पनि बढ्दो रूपमा खडेरीको प्रभाव कम छैन । सन् २०५० सम्म खडेरीले विश्वको तीन चौथाई जनसङ्ख्यालाई असर गर्न सक्छ भनी विभिन्न अध्ययन र पूर्वानुमानहरूले अनुमान गरेको छ ।

अघिल्लो दुई दशकको तुलनामा २००० यता खडेरीको सङ्ख्या र अवधि २९ प्रतिशतले बढेको छ। विश्वभरि २.३ बिलियन भन्दा बढी मानिसहरू पहिले नै पानीको तनावको सामना गर्छन्, यो ठुलो समस्या हो।

बढ्दो मरुभूमिकरण र खडेरीविरुद्ध विश्व समुदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्न सन् १९९५ देखि हरेक वर्ष जून १७ तारिखमा विश्व समुदायले विश्व खडेरीविरुद्धको दिवस मनाउँदै आएको छ ।

कुनै पनि देश खडेरीबाट मुक्त छैन (UN-Water 2021)।
यस वर्ष, मरुभूमिकरण विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा "सँगै खडेरीबाट उठ्ने" नाराले मानवता को लागि विनाशकारी परिणामहरूबाट बच्न प्रारम्भिक कार्यको आवश्यकतालाई जोड दिएको छ।

मरुभूमीकरण भनेको के हो ?
एक सामान्य गलत धारणाको विपरीत, "मरुभूमिकरण" शब्दले केवल मरुभूमिलाई जनाउँदैन, यद्यपि यसले खेतीयोग्य भूमिमा बालुवाका अतिक्रमण समावेश गर्न सक्छ। बरु, मरुभूमि भनेको सुख्खा, अर्ध(सुक्खा र सुख्खा उप-आद्रतायुक्त क्षेत्रहरूमा जमिनको निरन्तर क्षय हो। समयको साथ, यस्तो पतनले मरुभूमि जस्तै अवस्था सिर्जना गर्दछ र यसले खाधान्न सुरक्षालाई चुनौति दिन्छ ।

जमिनको उत्पादकत्व कम हुन गई एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने मानिसहरूको लर्को पनि संसारले धेरै देखेको छ । जमिनलाई माया गर्न सके जमिनले हामीलाई माया गर्छ । रुखलाई माया गरौँ अनि माटोको संरक्षणमा ध्यान पुर्याऔं । उर्वर जमिनमा लगानी गर्नाले भविष्यले आधार पाउँछ । जमिनको लगानी भनेको आना र धुर जग्गा किनेर केही समय राखेर घडेरीका रूपमा पुनः फाइदासहित बेच्नु भने पक्कै हैन । माटोलाई खनी–खोस्री रुख रोपी, कृषि गरी अनि खाद्य उत्पादनमा ध्यान दिनु महत्त्वपूर्ण हो । हामीलाई मरुभूमि होइन, हरियाली माटो चाहिएको छ, हैन र रु बादलले पानी बोकेर ल्याएर जमिन सिञ्चित गरिदिओस् । हरियालीले हामीलाई साथ नछोडोस् । अनि कङ्क्रिटका घरका साटो हरिया फाँटहरूको प्रशस्त वृद्धि होस् । बादल र जलका धाराबिच आत्मीय सम्बन्ध हुन्छ, अनि जहाँ बादल छन् त्यहाँ जलका धारा बगिरहने छन् । अनि जहाँ जलका धारा छन् त्यहाँ हरियालीले साथ छाड्ने छैन । माटोमा हरियाली अनि हरियालीमा जीवन अडिएको छ ।जय होस्

 हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.