ब्लग - साहित्यनेपाली चाडपर्व तथा विशेष दिनहरू


विश्व नृत्य दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
विवाह भोज, भत्तेर, जन्म दिन, साङ्गे लगायत नेपाली संस्कारमा हर्ष–बढाईँका हरेक अवसरमा कम्मर मर्काएर नाच्ने चलन छ । कहिँले मारुनीको भाका त कहिले समलाको ताल, मादलुसँगै ताल मिलाएर नाँच्दै जाँदा समयकै पत्तो पाइँदैन । संगीतका ताल र लयअनुरुप कलापूर्ण तरिकाले नाच्दाको मज्जा नै अर्कै खालको हुन्छ । अनि नाँच्न रहर नगर्नेहरू पनि छेऊछेऊमा थपडी बजाउँदै रमिता हेरिरहेका हुन्छन् ।