ब्लग - साहित्यनेपाली चाडपर्व तथा दिन विशेष लेखहरू

वि.सं. १९९० मा आजकै दिन अर्थात् माघ २ गते नेपालमा एउटा ठुलो विनाश भएको थियो । त्यो भूकम्पका कथाहरू लिपिबद्ध त छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरूको देहावसान समेत भइसकेको छ । ९० सालको भूकम्पका कथाहरू तपाई हामीमध्ये धेरैले हजुरबुवा-हजुरआमा, जिजूबुवा-जिजूआमाबाट सुनेका हुनसक्छौ । ९० सालमा यसो भयो, ९० सालमा उसो भयो र खासै भन्ने हो भने आज धेरैजसो नेपाली परिवारमा पछिल्लो पुस्तामा श्राद्ध या तर्पणको दिन पनि हुनसक्छ किनकि धेरै नेपाली परिवारले ९० सालमा आफ्ना प्रियजन गुमाएका छन् ।
