प्रेम भुसाल · Aug २६, २०२४
श्मशान घाट्बाट उठेर आए भाग्य म फेरौंला
हातमा समाइ निधार चुमी नयन हेरौंला
हिजोको पैचोमा भोलि के होला आज नै तिरौंला
बिग्रेको घरबार् सपार्ने हामी सपना बुनौंला
हाँसेर गएको रोदन हामी खुशीमा ल्याउँला
बगेर गएको आशुको थोपा हर्षमा पाउँला
खाएको वचन पूरा न गरि म कहाँ जाउँला
रोपेको रुखको फल् लाई चाख्न म फेरि आउँला
भोगेर आएको विगत हामी सबल पारौंला
तरेर गएको कालीको पानी पुल् बाट हेरौंला
दुखेको घाउमा मलम राखे आखामा बस्नेछौ
पुर्खाको इमान जोगाइ राखौ कर्मठ बन्नेछौ
चलेको पाइला रोकेको छैन काडा छन भनेर
गरेको कामलाई छोडेको हैन बेसुरले बोलेर
खाएर दुध् लाई सर्पले हेर बिष झै बगाए
हुदैन मानव दुखको बेला साथमा नभए

Oct 27, 2026
नेपाल संवत् ११४६ कौलागा पारू
कार्तिक कृष्ण प्रतिपदा
सिद्धि · कौलव · भरणी