रुघाखोकी लक्षण, जोखिम तथा रोकथामका उपायहरु | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

रुघाखोकी लक्षण, जोखिम तथा रोकथामका उपायहरु





रुघाखोकी या मर्की भाइरल कारणले स्वासप्रश्वास प्रणालीको माथिल्लो भागमा हुने सङ्क्रमण हो। यो कष्ठप्रद हुने भएपनि प्राय हानिकारक हुँदैन। धेरै प्रकारका भाइरस या विषाणुहरूले रुघाखोकी गराउँछन्।

स्वस्थ वयस्क व्यक्तिहरूलाई वर्षको २ देखि ३ पटकसम्म रुघाखोकी लाग्न सक्छ। साना शिशुहरू र बालबालिकाहरूलाई अझ बढीपटक रुघाखोकी लाग्न सक्छ।

प्राय व्यक्तिहरू रुघा लाकेको एक हप्ता देखि १० दिन भित्र निको हुन्छन्। धुम्रपान गर्ने व्यक्ति या रोग प्रतिरक्षा प्रणाली कमजोर हुने व्यक्तिहरूमा लक्षणहरू लामो समयसम्म देखिन सक्छ। सामान्य रुघाखोकीमा उपचारको आवश्यकता नपर्न पनि सक्छ। तर यदि केही समस्या देखिएमा तुरन्त डाक्टरसँग परामर्श लिनु आवश्यक हुन्छ।

लक्षणहरू
प्राय भाइरसको सम्पर्कमा आएको २-३ दिन पछि मात्र लक्षणहरू देखिन्छन्। मानिसअनुसार लक्षणहरू फरक फरक हुनसक्छन् :
नाकबाट पानी या पातलि सिँगान बग्ने
घाँटी दुख्ने
खोकी लाग्ने
नाक बन्द हुने
सामान्य शरीर दुख्ने या टाउको दुख्ने
हाच्छिउँ आउने
सामान्य ज्वरो आउने
अस्वस्थ र थकाइलागेको अनुभव हुने
नाकबाट सुरुमा पानी जस्तो सिँगान बगे पनि पछि बिस्तारै पहेँलो या हरियो रङ्गको र सिँगान बाक्लिँदै जाने। यस्तो भयो भन्नुको मतलब ब्याक्टेरियल सङ्क्रमण भयो भन्ने अर्थमा लिनु हुँदैन।

डाक्टरलाई कतिखेर भेट्ने
हाम्रो पात्रो हेल्थमा विभिन्न डाक्टरहरू उपलब्ध हुनुहुन्छ।
खाता खोल्न र सहायतासँग कुरा गर्न निशुल्क छन् र स्वास्थ्य सम्बन्धी थुप्रै जानकारीहरू र भिडियोहरू निःशुल्क रूपमा उपलब्ध छन्।
डाक्टरहरूसँग टिकट लिएर तुरन्त, अपोइन्टमेन्ट लिएर या विशेषज्ञ समूहसँग स्वास्थ्य परामर्श लिन सकिन्छ। सबै परामर्शहरू गोप्य र सुरक्षित छन्।

वयस्क व्यक्तिहरू — सामान्यतया रुघाखोकीको लागि उपचारको आवश्यकता नपर्न सक्छ। तर निम्न अवस्थामा तुरन्त डाक्टरकोमा जानुपर्छ:
लक्षणहरू कडा हुँदै गएमा या सुधार नभएमा
तिन दिनभन्दा लामो समयसम्म १०१.३ F या (३८.५ C) भन्दा बढी ज्वरो आएमा
ज्वरो रोकिएपछि पनि फेरि ज्वरो आएमा
सास छोटो या तीब्र भएमा
छाती घ्यारघ्यार भएमा
एकदम धेरै घाँटी दुखेमा, टाउको या पिनास दुखेमा

बालबालिका
— सामान्यतया साना बाबालिकाहरूको लागि रुघाखोकीको उपचार आवश्यकता नपर्न सक्छ। तर निम्न अवस्थामा तुरन्त डाक्टरसँग परामर्श लिनुहोस्:
१००.४ F (३८ C) या बढी तापक्रमको ज्वरो १२ हप्तासम्म आएमा
दुई दिन भन्दा बढी समयसम्म क्रमिक रूपमा बढ्ने या स्थिर ज्वरो आएमा
टाउको दुख्ने, घाँटी दुख्ने या खोकी लाग्ने जस्ता गम्भीर लक्षणहरू देखिएमा
सासफेर्न कठिनाइ या छातीमा घ्यार घ्यार भएमा
कानको दुखाई
अनावश्यकरूपमा चिन्तितहुने भएमा
लोलाउने भएमा
खाना अरूची भएमा

कारणहरू
धेरै प्रकारका भाइरसले रुघाखोकी गराउने भएपनि राइनो भाइरसले सबैभन्दा धेरै रुघाखोकी गराउँछ।
यी भाइसरहरू हाम्रो शरीरमा मुख, आँखा या नाकबाट प्रवेश गर्छ। भाइरसहरू हावामा रहेका मसिना कणहरूबाट सर्छ जुन बिरामी मानिसले खोक्दा, हाच्छिउँ गर्दा या बोल्दा उत्पन्न हुन्छ।

यो रुघाखोकी लागेका मानिस या प्रदुषित वस्तुहरू जस्तै तौलिया, भाँडाकुडा, खेलौना या टेलिफोन जस्ता वस्तु छोएका व्यक्तिका हातमा सिधा सम्पर्कबाट पनि सर्नसक्छ। यसरी हातमा सम्पर्क भइसकेपछि नाक, आँखा या मुखमा छुँदा रुघाखोकीका भाइरस हाम्रो शरीरमा प्रवेश गरेर रुघाखोकी लाग्न सक्छ।

जोखिमहरू
निम्न कारणहरूले तपाईँलाई रुघाखोकी लाग्ने सम्भावनाहरू बढाउँछ:
उमेर शिशुहरू र साना बालबालिकाहरूलाई विशेषरूपमा नर्सरी र मन्टेस्वरी जाने बालबालिका र बुढापाका व्यक्तिहरूलाई रुघाखोकी लाग्ने सम्भावना हुन्छ।
कमजोर प्रतिरक्षा प्रणाली। दीर्घरोग भएमा या कमजोर रोग प्रतिरक्षा प्रणाली भएमा तपाईँलाई रुघाखोकी लाग्ने जोखिम बढाउँछ।
वर्षको कुनै मौसम बालबालिका र वस्कहरूलाई गर्मी सुरुहुने समय या हिउँदमा रुघाखोकी लाग्ने सम्भावना अधिक हुन्छ तर रुघाखोकी जतिबेला पनि लाग्न सक्छ।
धुम्रपान तपाईँ धुम्रपान गर्नुहुन्छ भने या धुम्रपान गर्ने मानिसहरूको बीचमा बस्नुहुन्छ भने रुघाखोकी लाग्ने सम्भावना बढी हुन्छ।
सम्पर्क यदि तपाईँ भिडमा हुनुहुन्छ, जस्तै प्लेन या स्कुलमा भने तपाईँ भाइरसको सङ्क्रमणमा आउन सक्नुहुन्छ र रुघाखोकी लाग्न सक्छ।

जटिलता
रुघाखोकीको साथमा निम्न स्थितीहरू सिर्जना हुनसक्छन्:
कानको तीब्र सङ्क्रमण (ओटाइटिस मेडिया)। ब्याक्टेरिया या भाइरस कानको जालीको पछाडिको भागमा प्रवेश गर्दा यो स्थितीको सिर्जना हुन्छ। यसमा कान चिलाउने या रुघाखोकी निको भएपछि फेरि ज्वरो आउने हुनसक्छ।
आस्थमा यदि आस्थमा नभए पनि रुघाखोकीले गर्दा घ्यारघ्यर हुनसक्छ. यदि तपाईँलाई आस्थमा छ भने रुघाखोकीले झन् बिगार्न सक्छ।
तीब्र पिनासकोसङ्क्रमण निको नभएको रुघा खोकीले बालबालिका या वयस्कहरूमा साइनसको इन्फ्लेमेसन (सुन्निने र दुख्ने) हुनसक्छ।
अन्य सङ्क्रमणहरू रुघाखोकीले अन्य सङ्क्रमणहरू जस्तै घाँटीको सङ्क्रमण, निमोनिया या ब्रोनकाइटिस आदि गराउन सक्छ। यी सङ्क्रमण डाक्टरले नै उपचार गर्नुपर्छ।

रोकथाम
रुघा खोकीको कुनै पनि खोप छैन तर तपाईँले सामान्य पूर्व सतर्कताहरू पालना गर्नुभएर रुघा खोकी सर्नबाट रोक्न सक्नुहुन्छ:
तपाईँको हातहरू बारम्बार धुनुहोस् तपाईँको हात बारम्बार धुनुहोस् र धुँदा २० सेकेन्ड भन्दा बढी समयको लागि धुनुहोस्। यदि साबुन पानी
उपलब्ध छैन भने, अल्कोहल युक्त ह्यान्ड सानिटाइजर प्रयोग गर्नुहोस् जसमा ६०% भन्दा बढी अल्कोकल हुन्छ। आफ्ना परिवार र बालबालिकालाई हात धुनुको महत्त्व बुझाउनुहोस्। हात नधोइकन आँखा, नाक र मुख नछुनुहोस्।

तपाईँका सामग्रीहरू सङ्क्रमणमुक्त पार्नुहोस् धेरै छोइने सतहहरू, ढोकाका कब्जाहरू, बत्तिका स्विचहरू, विद्युतीय सामग्रीहरू र शौचालयका सतहहरू राम्ररी सफा गर्नुहोस् र सङ्क्रमणरहित पार्नुहोस्। परिवारमा कोही मानिस बिरामी हुनुहुन्छ भने त यो झन् महत्त्वपूर्ण हुन्छ। बालबालिकाका खेलौनाहरू समयसमयमा धुनुहोस्।

खोक्दा मुख छोप्नुहोस् हाच्छिउँ गर्दा या खोक्दा टिस्युकागजले मुख छोप्नुहोस् कागज तुरन्त फाल्नुहोस् र हातलाई राम्ररी धुनुहोस्। यदि टिस्यु कागज छैन भने कुहिना बङ्ग्याएर हाच्छिउँ गर्नुहोस् र हात राम्ररी धुनुहोस्।

निम्न कुरा सेयर नगर्नुहोस् गिलास या खाना खाने भाँडाहरू परिवारका अन्य सदस्यसँग सेयर नगर्नुहोस्। आफ्नै गिलास या एकपटक प्रयोग गरेर फ्याँक्न मिल्ने गिलास प्रयोग गर्नुहोस्। परिवारमा सबैले उस्तैखाले भाँडा प्रयोग गर्नुहु्छ भने त्यसलाई चिनो लगाउन सकिन्छ।

रुघाखोकी लागेका व्यक्तिहरूसँग सुरक्षित दूरिमा बस्नुहोस् रुघाखोकी लागेका व्यक्तिहरूसँग निकटवर्ती सम्पर्कबाट टाढा बस्नुहोस्। सम्भव भएसम्म भिडबाट टाढा बस्नुहोस्। आफ्नो आँखा, नाक र मुख नछुनुहोस्।

तपाईँका बालबालिकाको नर्सरी या मन्टेस्वरीको नीति विचार गर्नुहोस् राम्रो र स्वस्थकर नीति पालना गर्ने नर्सरी या मन्टेस्वरीमा भर्ना गर्नुहोस्।
आफ्नो हेरचाह गर्नुहोस् राम्रो खानपान, कसरत र पर्याप्त निद्राले तपाईँको सम्पूर्ण स्वास्थ सुधारको लागि अत्यावश्यक छ।



यसमा तपाईँको के प्रतिक्रिया छ?


9 Likes

  Dislikes

  Save
प्रतिक्रियाहरु5 Liked by
Liked by
0 /600 characters
Ramchandra Yadav ४ महीना अघि
ठिक छ
 REPLY  LIKE   DISLIKE
Dipak Bhandari ४ महीना अघि
ok
 REPLY  LIKE   DISLIKE
George Zeller ७ महीना अघि
Trust Geeks Hack Expert has a team of experienced professionals with specialized knowledge in cryptocurrency recovery. This expertise enables them to handle even the most complicated cases effectively If you need help recovering your cryptocurrency, it is important to seek assistance from Trust Geeks Hack Expert Contact service visit Website <> https://trustgeekshackexpert.com/-- E>mail: trustgeekshackexpert{@}fastservice{.}com
 REPLY  LIKE   DISLIKE
Ndanya Ali २ बर्ष अघि
I am very happy, I am here to share my testimonies with the general public about what this man called Dr Adodo has just done for me , this man has just brought back my lost Ex husband to me with his great spell, i was married to this man called Steven we were together for a long time and we loved our self's but when i was unable to give he a child for 2 years he left me and told me he can't continue anymore then i was now looking for ways to get him back until a friend of mine told me about this man and gave his contact email (dradodojattotemple@yahoo.com) then you won't believe this when i co
 REPLY  LIKE   DISLIKE
Bertha Polanski २ बर्ष अघि
I had a more complicated problem recovering my lost Bitcoin. The Cyber Genie Team stuck with me the whole time until they came up with a solution that worked and I now have my BTC back when I really thought it would be lost forever! This team has the ability to crack passwords and they are completely trustworthy in handing back your funds once they have recovered your BTC from any fake and shady Crypto miners and brokers online parading the internet with sweet and juicy profits if they help you trade... CYBERGENIE@CYBERSERVICES.COM
 REPLY  LIKE   DISLIKE
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.