क्रान्तिकारी आकाशका ती तारा आएपछी
जिन्दावाद जिन्दावाद नारा आएपछी ।
खुल्ला बजार बनाएर पालै पालो ब्यापार गर्छौ
तहस नहस गरिदिन्छन् सारा आएपछी ।
आधूनिक दासताको त्यतिबेला जन्जिर छिन्छ
संविधानमा मेरो पनि धारा आएपछी ।
धेरै कोसिस गरिराछौ एक आपसमा लडाउन
चिने सब्ले जब छुट्टै दार्ह्रा आएपछी ।
तिमी पाहाड म मधेस उ चै हिमाल को
सबै एकै हुन्छौ भाइ चारा आएपछी ।
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।
Liked by: