सहर सहर डङ्का पिट्न थाल्यो मजाले
जय र विजय नारा फुक्न थाल्यो गधाले
पवन लहड बोक्दै बढ्न लाग्यो नि आँधी
हडबड कति छ कुर्सी बस्न बेचैन पाजी ।।
सकल हित छ गर्ने एक दह्रो छ यन्त्र
झटपट गरिदिन्छ्न् रेडियो चित्र मन्त्र
जग जगत छ मख्खै मस्त सुन्दा नि गान
गरिब घर घर छ थुप्रो आँसु पीडा र भोक ।।
जल समतल हाम्रो बन्न लाग्यो नि नौलो
सकल सगर काम्दै आँसु झार्दैछ ड्ल्लो
हरतरफ छ कालो मात्र छाया छ नाच्दो
बलजफत गर्दै खोस्न लाग्यो नि हाम्रो ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: