तलाउकाे कमल झैँ, फूल हाै आमा तिमी …
मरुभूमिमा सन्तानकाे, मूल हाै आमा तिमी ।।
आफ्नाे फाटेकाे, चाेलीकाे प्रवाह नगरी…
उध्रेकाे गाेजी स्याइदिने, उल हाै आमा तिमी
सुखका पाेका पठाउन, सकुला नसकुला…
गामभरी…
खुशीका खबर फुक्नु, विगुल हाै आमा तिमी ।।
आखिर हरकाेइ, ढुङ्गालाई पुज्छ किन…
साक्षात भगवान, कुल हाै आमा तिमी ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्
Liked by: