न जन्ति भेटिन्छन् गाउँमा न मलामी भेटिन्छन्।
सबका सब जवान विदेशमा गुलामी भेटिन्छन्।
भन्नत पैसा पठाउँछु याद पठाउन्न भन्नेका पनि
मन नेपाल शरीर खाडीमा लिलामी भेटिन्छन्।
बिरालो होला बरु सच्चा वफादार कुकुर होला
सज्जन मानिस कलियुग मा हरामी भेटिन्छन्।
तिमी मानिसका चरित्र हेर चित्र खोजियो भने।
अश्लिल युवतीका पनि तस्बिर दामी भेटिन्छन्।
जुन मानिस लोकतन्त्रमा उपदेश दिँदै हिँड्छन्
वास्तविक जीवनमा उही नै बद्नामी भेटिन्छन्।
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: