पत्थर पगाल्ने आशमा प्रेमको भेटी पठाए
उनले दिएकै रुमालमा मुटु बेरी पठाए
मुटु पाए चरचर्ति भुट्ने मनसुबा राखेपछि
त्यो कराईमा फुराउनलाई मेथी पठाए
प्रश्नमा रातो गुलाफ देखेपछी खामभित्र
मैले चुपचाप उत्तरमा मेरो कलेजी पठाए
मनोकामना पुरा हुन्छ रे यो सुनेकै भरमा
मैले फुकेर उनलाई आँखाको परेली पठाए
प्रेमको डुङ्गा खियाउदै आउलिन् कि भनेर
मैले उनको ठेगानामा आँखाका बलेसी पठाए
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: