
चारमुखी रुद्राक्षलाई साक्षात् चतुर्मुखी ब्रह्माको प्रतीक तथा देवी सरस्वतीको प्रतिनिधि मानिएको छ। यसको संचालक ग्रह बुध हो, त्यसकारण यो चारमुखी रुद्राक्ष शिक्षा क्षेत्रमा सफलता प्राप्त गर्नमा सहायक हुन्छ। चारमुखी रुद्राक्षले बुध जन्य हानिकारक प्रभाव समाप्त गर्ने र देवी सरस्वतीलाई प्रसत्र गर्नका लागि उत्तम मानिएको छ।
