ब्लग - साहित्यकथा तथा उपन्यासहरू
Ajit Kshetri · Jul ९, २०१६
राती बिस्तरामा बाबुको दुबै हातको सिरानी नहाली दुबै छोराछोरी निदाउँदैनन् । दिनभर कामले थाकेकी मास्टर्नी पनि हिउँदको यो सालीन मौसममा आफ्ना पतिको छातीमा हात राखी निदाउन पाउँदा संसार जितेको महसुस गर्छिन् ।
आफ्नै मनसँग कुरा गर्दै उनका पाइला अगाडी बढिरहेका छन् अनि पुतलीबजार बाडखोला बजार पछाडी छाडिइसकेको छ । खोलाको किनार र धानखेत हुँदै उनका पाइला देबीथान मन्दिर नेर पुगिसकेका छन् । मन्दिर कटेसी माथी कुँबरहरूको बस्ती भएको अरौंदी खोला आउनेछ अनि उकालो जंगलको बाटो हिंड्नु पर्नेछ । देबीथान मन्दिर कटिसकेको छ । अब अरौंदी खोला गाउँ पुग्न जंगलको छेवै छेऊ केही बेर हिंड्नु पर्नेछ ।