मुख्य सामग्रीमा जानुहोस्
१० कार्तिक २०८३, मंगलवार

Oct 27, 2026

नेपाल संवत् ११४६ कौलागा पारू

कार्तिक कृष्ण प्रतिपदा

सिद्धि · कौलव · भरणी

ब्लग - साहित्यकथा तथा उपन्यासहरू

मास्टरको सपना

Ajit Kshetri · Jul ९, २०१६
राती बिस्तरामा बाबुको दुबै हातको सिरानी नहाली दुबै छोराछोरी निदाउँदैनन् । दिनभर कामले थाकेकी मास्टर्नी पनि हिउँदको यो सालीन मौसममा आफ्ना पतिको छातीमा हात राखी निदाउन पाउँदा संसार जितेको महसुस गर्छिन् ।

आफ्नै मनसँग कुरा गर्दै उनका पाइला अगाडी बढिरहेका छन् अनि पुतलीबजार बाडखोला बजार पछाडी छाडिइसकेको छ । खोलाको किनार र धानखेत हुँदै उनका पाइला देबीथान मन्दिर नेर पुगिसकेका छन् । मन्दिर कटेसी माथी कुँबरहरूको बस्ती भएको अरौंदी खोला आउनेछ अनि उकालो जंगलको बाटो हिंड्नु पर्नेछ । देबीथान मन्दिर कटिसकेको छ । अब अरौंदी खोला गाउँ पुग्न जंगलको छेवै छेऊ केही बेर हिंड्नु पर्नेछ ।

थप पोस्टहरू हेर्नुहोस्