
फिल्म ‘आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल’ लाई रि एरेन्ज गर्दै फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ राखिएको छ । गीतलाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै र यसका सर्जकलाई सम्मान गर्दै सार्वजनिक गरिएको छ । सञ्चारकर्मी बाबुराम दाहालको शब्द रचनामा तयार गीतमा संगीत शम्भुजित बास्कोटाको रहेको छ भने यसमा शम्भुजित र साधना सरगमले स्वर दिएका थिए । रि-एरेन्ज गरिएको गीतमा भने धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् भने यसलाई राजन इशानले रि-एरेन्ज गरेका हुन् । गीतलाई प्रविन सिंहले कोरियोग्राफ गरेका छन् । गीतमा राइजिङस्टार सलिनमान बनियाँ , सलोन बस्नेत , डेब्यु गर्ल मलिका महत , जान्हवि बस्नेत , रेअर राई , प्रेक्षा बज्राचार्य, विशाल सापकोटा लगायत फिचर्ड छन् । गीत सार्वजनिक कार्यक्रममा यसका सर्जकहरु शभुजित बास्कोटा , नृत्य निर्देशक राजु शाहलाई सम्मान गरिएको हो ।
यसैगरी गीतमा देखिएका स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको सम्मान उनकी पत्नी तथा कलाकार श्वेता खड्काले ग्रहण गरेकी थिइन् । गीतमै देखिएकी कलाकार नीरुता सिंह भने स्वास्थ्य अवस्थाका कारण उपस्थित हुन् सकेकी थिइन् । गीतसँग जोडिएका गायिका साधना सरगम , रचनाकार बाबुराम दाहाल , फिल्म निर्देशक स्वर्गीय शिव रेग्मी सम्मान उनकी छोरी भावना रेग्मीलाइ प्रदान गर्ने निर्माता केशव भट्टराईले बताए । उपस्थित शम्भुजित , श्वेता र राजुले भन्ने सम्मान गरेकोमा खुसि व्यक्त गर्दै गीतलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरे । यसैगरी कार्यक्रममा शुभकामना दिनको लागि वरिष्ठ निर्देशक यादव खरेल, निर्देशक दीपाश्री निरौला , दिनेश राउत , निर्मल शर्मा , निर्माता छविराज ओझा , निर्देशक शोभित बस्नेत लगायतको उपस्थिति रहेको थियो । फिल्ममा सुहाउदो स्थान भएकाले गीतलाई राखिएको निर्माता केशव भट्टराईले बताएका छन् । उनि फिल्म यात्राका निर्माता मध्यका एक हुन् भने आफ्नो मान्छेमा पनि उनि निर्माता थिए । गीतमा कलाकारहरु रेगुलर भन्दा केहि फरक ड्रेसमा देखिएका छन् । गीतलाई झन्डै ४ दिन लगाएर छायांकन गरिएको थियो ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी