Dipendra Khadka · Aug ११, २०१६
मायाको सागरमा पौडेर आऊ तिमी फुलको सुवास बनि मनमा छाऊ तिमी तिम्रै तस्बिर सजाएको छु मन मन्दिरमा मिठो धुनमा पिरतीको गित गाउ तिमी भुल भएछ तिमीलाई दिलमा सजाउन
मायाको सागरमा पौडेर आऊ तिमी
फुलको सुवास बनि मनमा छाऊ तिमी
तिम्रै तस्बिर सजाएको छु मन मन्दिरमा
मिठो धुनमा पिरतीको गित गाउ तिमी
भुल भएछ तिमीलाई दिलमा सजाउन
सबै सामु दोषी भएछु बाजा बजाउन
तिमी त काँडा बीच फुल्ने फुल रहेछौ
तिम्रो फेरिने रुप देखि थालेछु लजाउन
सियो भएर छिर्छु फाली भएर देखाउँछु
एक दिन सबैको ताली भएर देखाउँछु
सानो छ भनेर हेपाहा नगर मलाई
एक दिन सबैको जाली बनेर देखाउँछु
- दीपेन्द्र खड्का
टाँडी - १, तिल्केनी , मोरंग
dipendrakhadka549@gmail.com
---
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः saahitya@hamropatro.com | धन्यवाद ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी