बाच्नु , बचाई फर्कनु | Hamro Patro

ब्लग - साहित्य / हाम्रो कविता

बाच्नु , बचाई फर्कनु




   देव प्रसाद गाैतम - Feb 09 2017

हे चालक जोशिलो
न भनुन है बबुरो
जानु कहाँ छ भन ?
हाक्छौ किन सवारी पवन गतिमा
के काम पर्यो यै छिन ?

नट बल्ट , ब्रेक जती छ
हेरेउ सबै पूर्ण छ ?
बत्ति , तेल र स्टेरिंग गियर
ति के सबै दुरूस्त छ?

मनमा तर्क बितर्क , कत्ति नगरी
खुब शान्त सतर्क भै
बदला , आवेश, ओभरटेक नगरी
बाइक मोटर हाक है ।

नजानु हतारी , गतितिब्र पारी 
आफ्नै सवारी हुनसक्छ भारी
अटेरी बहिरा बेहोशी र लाटो
हर्न बजाउदैमा खुल्दैन बाटो
गल्लि दोबाटो , ओझेल घुमाउरो
सुस्तरी हाक्दा नै हुन्छ राम्रो

चाहिदो गतिमा एकाग्र मतिमा
टुंगो मै पुग्ने छौ
हावाको गतिमा भ्रमित मतिमा
गन्तव्यनै भुल्ने छौ

ट्रयाक्टर जन्तु र बस भनेर पथिक
म आफै भनि सम्झनु
जानु सुस्तरी है चालक “चरी”
बाच्नु बचाई फर्कनु
-------------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|



यसमा तपाईँको के प्रतिक्रिया छ?


2 Likes

  Dislikes

  Save
प्रतिक्रियाहरु2 Liked by
Liked by
0 /600 characters
Pradeep R. Tuladhar ६ बर्ष अघि
ठिम
 REPLY  LIKE   DISLIKE
Narayan Thapa Chetri ६ बर्ष अघि
hoho hjr😁😀
 REPLY  LIKE   DISLIKE
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.