संझनाहरू
· Jul २, २०१६

फलैंचा उही भएर पनि
थकाईले बस्ने समय फरक पार्छ ।
के को भारी बोकिरहेको छ टाउको
त्यसैले बताउँछ कति पर्यो सिरानेलाई बोझ ।
हिजो बलिरहेको आगोले
कोईला बनायो कि खरानी मात्र
हेरेर थाहा हुन्छ
दाउरा अग्राख थियो कि कु-काठ?
मिलेर रगडिएमात्र
दर्सिन ढुंगा र चकमकबाट झिल्को
झुलोमा सर्छ ।
कति धेरै चिजहरु आश्रित छन् आपसमा
म र मेरा संझनाहरु जस्तै
बास्तबमा यिनै संझनाहरुले बताउने रहेछन्
एउटा मान्छे कहाँ कहाँ
सुस्ताएर आयो ।
लेखकः सुरज सुवेदी
भोजपुर तर हाल बिराटनगर
https://www.facebook.com/surazz.subedi
---
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः saahitya@hamropatro.com | धन्यवाद ।