नुनखोरसनीसँग भात खाएको याद छ आमा
गरिबीकै कारण वर्षाले निद नपाएको याद छ आमा
धुँदा पनि च्यातिने पुराना कपडा,अनि भिजेका दाउराको छेउमा
घरीघरी सिलाउदै सुकाको याद छ आमा !
हाम्रो सुत्ने खाट र गुन्द्री समेत थिएन हाम्रो
जमीनमा पराल विछ्यईत्यही ओढेको याद छ आमा
हातमा लगाएको हजुरबाले दिनुभएकोको बाला बिक्री गरी
हामीलाई सहनशीलता परीक्षा दिन पठाएको याद छ आमा !
अनेक भोकहरु किन्ने पैसा समेत नहुँदा
अरुले फालेका ईच्छा मेटाएको याद छ आमा
नौ महिना काेखमा राखेर, नौधारा दुध
हामीलाई खुशी बनाउन अनेक दुःख लुकाएको याद छ आमा !
जति ठूलो कुरा गरे नि संसार हजुर हुनुन्थियो
त्यो अन्त्यमा नी हाम्रै के होला भन्दै
सबै माया देखाएर अल्दिदा हुनुभएको याद छ आमा !!
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: