Bishwa Raj Adhikari · Sep १२, २०१६
जीवनको पाइलाले जब उमेरको चुचुरो छुन्छ
आफ्नो सुकर्म र कुकर्म मान्छेले मनमनै गुन्छ
आफू बाहेक अरु सबैलाई मूर्ख देख्छ एकथरि मान्छे
होच्याउँदै अरुलाई ठान्छ सर्वश्रेष्ठ आफू अर्कोथरि मान्छे
भीडमा कसैको पछि पछि लागेर जिन्दगी बिताउँछ एकथरि मान्छे
झुक्याएर सधैंभरि थुप्रैलाई आफ्नो पछि-पछि लगाउँछ अर्कोथरि मान्छे
कहिले दिन काट्नु पर्छ कहिले दिन आफै कट्छ
दिन त सबै उस्तै हुन भोगाईको अनुभूतिमा भरपर्छ
सुखः शयल मात्र नै भएको छ यो कारोबारी जीवनको सार
त्यसैले हुन थालेको छ आजभोलि भावनाको पनि व्यापार
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् ।