आमा तपाईं बुढी हुनुभयो
र हाम्रो परिवार गरिब छ
आमा तपाईं पर्खिएर बसिरहुन
त्यहि घरमा
म फर्खिएर आउनेछु अबस्य
सातसमुन्द्र पारिको देसबाट
हजुरको अनुहारको मुस्कान लिएर
आमा हामी दरिद्र छौ
तर,इमान्दार छौ ।
आमा मेरो भिसा लाग्यो
यसैले म ऐले बैदेशिक रोजगारको
कामदार भएर जादैछु ।
पैसा कमाएर अनि स्वदेस आएपछी
अर्को बर्स नया घर बनाउला ,
आमा अनि बुहारी पनि भित्र्याउला।
तर
ऐलाइ म गए आमा
म अब टाढाको भए ।
ऐलाइ म गए आमा
आफ्नु ख्याल राख्नु है
पक्कै पनि र म चाडै
नै नेपाल फकिएर आउनेछु
अर्कोसाल ।
सपनाहरु बोकेर एकसाथ
ठूलो देसको सपना देखेर
यस्तै यस्तै भनेर गएथ्यो
सरकार
मेरो छोरो
तर
अफसोच
आजसम्म पनि फर्किएन ।
फर्कियो केही दिनपछि मेरो छोरो
विमानमा बसेर
प्रबासको आकासहरुहुँदै
हो फर्किए आयो
मेरो छोरो
तर लास भएर
बाकसभरी सजिएर
फर्किरहेको कुनै नौजवान नेपालीहरु झै गरेर।
जन्तीहरु लिएर
बेहुलो बन्ने सप्ना बोकेर गएथ्यो मेरो छोरो
सरकार तर किन
यसैको ठिक बिपरित
सारा जन्तिहरु सहित
एकचिहान भएर फर्कियो ।
गरिबहरुले स्वदेसमा रोजगार कैले पाउँछन्
सरकार
आफ्नु बिचारले खाएको
दुई जोडिहरुले चाहेको प्यार कैले पाउँछन्
गल्ती गरियो समाज
गल्ती गरियो
रङ्गबिभेद गरियो
स्वतन्त्र उठान भरेर
प्रख्यात प्रजातिको एउटा सेतो
र रङ्गिन परेवासङ्ग सङ्गै
आसमान उढिरहेको
एउटा कालो परेवाको घाँटी काटियो
र त्यो मेरो आफ्नै छोरो थियो ।
न्यायधिस
पुलिस र यसैले पनि
उनिहरु एकसाथ
मेरो छोरोसङ्ग सङ्गै मारिए
किनकी ,उनिहरु सबै दलित थिए ।
म सुनिरहेथे
अदालत !
सन्चार माध्यममा आएर
अनि आफ्नु बास्तबिकता बताएर
मृतक नवराज बिककि आमा
यस्तै आवाजमा रोइरहेकीथिन।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्
Liked by: