आमाको सपना घरमा सरस्वती भित्र्याउने चाहना
बर्षौ भयो फुल फुलेको, फल नफली बसेको
उज्यालो चम्किला मुहार चा उ रि य मुजा परे
समयले पर्खियन, देखिन्छ बुढ्यौली लागेको
अबभने आमा
पर्खाइका पलहरु गए खुशीका आयामहरु छाए
अत्यासलाग्दा दिनहरु सधैको लागि कहिल्यै नफर्कने गरी गए
तपाई र मेरो जन्म महिना यही नयाँ बर्ष देखी (2021)
अहिले हेरौत
चाउरी परेका मुहारमा कती उमंग र खुशी छाएको छ ।
हिमालका सेता लहरहरु झै मिलेका ति दातहरु
थोते भएपनी मुस्कानले कती शोभा दिएको छ्
सुन्दर देखिएको छ् !
ति कोमल हृदयमा सधै धकधक्याउने निरासापनहरु आशामा बद्लिएको छ
एउटा संस्कृतिको दियो जोगाउने नव दुलहिको कारण !
सधै मानसपतलमा एकछत्र राज गर्ने मनभित्रको मान्छेको कारण !
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: