च्यातिएका अङ्गलाई रगतको लत्पतिएको रङ्गले
कसरी ढाक्न सक्थ्यो र?
म त मरिसकेकी थिए,
बस् दाग बत्तीले पाेल्छ कि भनेर मात्रै
चितासम्म पुग्न सकेकी थिइन।
अस्ति भर्खर,
घास काट्न डोको भिरेर गएकी मेरी बहिनी,
हिजो मात्रै मेरा बुबाले डोकोमा उसलाई भिरेर ल्याए।
थाहा छैन मलाई,
घास बाक्नुपर्ने डोकोले मेरी बहिनीलाई किन बोकीरहेछ?
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: