सुमी पाठक · Feb १६, २०२४
स्वर्गको बाटो नसोध आज,नर्कमा अझै डुबेको बेला ।
सितल बादल नखोजन मेरो आकास खुलेको बेला ।
सत्यको अभिनय गर्ने छ असत्यले बिजय मनाउन
फलको वृक्ष नखोज ममा रित्तिएर म झुकेको बेला ।
सुन्यज्ञान भएका सङ्गनै विवेकका कुरा खोजी रहें
तिम्रो आफ्नोआदतमा नमुछ मेरो न्याँए टिपेको बेला ।
जिन्दगी धरौटी राखेरनै जिन्दगी खोज्न निस्कनु छ
नरोक्नु अब मलाई एक्लो सुर्यझैं म एक्लिएको बेला ।।
अदृश्य आत्मा खोजिरहन्छन् पलपल मुर्दाहरु घाटमा
म पनि त्यस्तै भए जिन्दगी सपना देखि भागेको बेला

Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी