एक झुत्तो पोते

दिल तिम्रो रंगीन पोते सरि छ भन्छेउ तर अतृप्त अनुरागको आभाषमा बेरिएकोछ त्यसले
दिल तिम्रो रंगीन पोते सरि छ भन्छेउ तर
अतृप्त अनुरागको आभाषमा बेरिएकोछ त्यसले
त्यहि पोतेले बिरक्त बनाए मद्होश पनि
पोतेका प्रतेक लुङ्गमा तिम्रो अस्तित्व त्यो र
प्रणय राग अलापेको सुनिन्छ यो देसमा
त्यो पोतेमा कसैको धरोहर रहेछ जीवन
निरास भै त्यहि पोते लिलाम गर्न चाहन्छौ
सङ्गलो मांयाले सजाएको लुङ्ग लुङ्ग
तेति चाडै किन चकनाचुर गर्न चाहन्छौ !
तिम्रो कल्पनाको त्यो सौभ्य पोतेलाई
निहालेर हेर त कति उदास देखिन्छ !
मिलनको शुभ घडि चुडिदा त्यो पोते
कति बिल्हिन, क्षीण र निस्तेज भै आर्यघाटमा सजिन्छ !
अनमोल छ त्यो एक झुत्तो पोतेको जीवन
तिनको ईच्छा आकांक्षा समबेदना भित्र लुकाई
बसेको छ त्यो पोते लाउनेको आसा भरोसा संगाली
चुँड्दा पोतेको लुङ्ग तिम्रो प्रेमालिङ्गन चुम्बन
तिम्रो आसा भरोसाहरु
एक झुत्तो पोते झै झुण्डिन्छन् !!!
जीवन प्रकाश खतिवडा
khatiwodajiwan@gmail.com