नविन थापा · Feb १, २०२४
तिम्रो पढाइमा ध्यान छैन् ,योग छैन्
साथीको दुःखमा पनि सहयोग छैन्
आफू खुब समाजसेवी ठानेको होलौं
यो समाजमा तिम्रो कुनै उपयोग छैन्
कस्तो कठोर मन बनाई सकेछ उसले
आमा मरेको खबरमा पनि बियोग छैन्
भष्टाचार भयो भनेर अखबारमा आउँछ
यो सरकार सुती रहेछ कुनै नियोग छैन्
मायामा परीक्षा दिन्छु भन्नेहरु सुन्नुहोस्
देशमा यस्तो कुनै निरपेक्ष आयोग छैन्

Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी