शिरमा हिमाल छातीमा गुँरास
मनैमा छ नेपाल
रगत मेरो नदी र नाला
सासैमा रहन्छ नेपाल
समुन्द्र पारी यो गोर्खे ठिटो
नियालीरहेछ
सबैको मनमा सबैको तनमा
खै कहा छ मेरो देश ?
बुद्धको भूमी शहीदको रगत
कतै लिलामी भयो की
पूर्खाको योगदान त्यो बुडो शालिक
आफै पो ढल्यो की
गरीबको गास निम्छरो आस
बेचेर खाएकी
देशको मियो समाल्नेहरू
बिकि पो गएकी
सपना कोर्दै डस्वीनमा फाल्दै
म भविष्य हेर्दै छु
सबैको मनमा सबैको तनमा
खै कहा छ मेरो देश ?
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Liked by: