कुरुस
· Jul २, २०१६

यो समयको
कुरुस
बुनिरहेको स्वेटर
तान्दै धागो भित्रबाट बाहिर
कुरुस म
धागो तिमी
अपरिचित औलाहरुसँग
जसै सकियो काम
तिमी स्वेटर भयौ
म कुरुसै रहेँ ।
लेखकः सुरज सुवेदी
भोजपुर तर हाल बिराटनगर
https://www.facebook.com/surazz.subedi
---
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः saahitya@hamropatro.com | धन्यवाद ।