मेरो जस्तै उनको पनि मनमा पीडा हुनुपर्छ
म त अलि चंचले छु सयाद अब सिधा हुनुपर्छ
आमा यो देशमा खै कतिखेर के के हुन्छ हुन्छ
भुल्दा रहेछन् मान्छे अन्तमा आफैं बिदा हुनुपर्छ
हेर्नु पर्दैन लुकेर सीसामा तिमीले मेरो अनुहार
अनायासै मेरो कोमलतामा फेरि फिडा हुनुपर्छ
चिह्याउनु झ्यालको पर्दा खोली त्यो दिन मेरैतिर
म नि हेर्छु मेरो चित्ताको तिम्रो शिरमा टीका हुनुपर्छ
मामा नछुट्ने भनी दिनुहोस् न हजुर कि छोरीलाई
टुक्राटुक्रा होइन कान्छू हामी त एकढिका हुनुपर्छ
....
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: