प्रतीक लामिछाने · May १७, २०२४
न्याय हराएको होइन
न्याय त लुकाईएको पो रहेछ
निर्दोषलाई सजाय
दोषी चाहिँ फुकाईएको रहेछ
अन्धो कानुन होइन,
आँखा देख्ने पो रहेछ
देख्दा देख्दै प्रमाणहरु
अपभ्रंश बनाईएको रहेछ
सत्य कहाँ जान्थ्यो
जित त उसैको नामको
निचोरेर सत्यलाई
"प्रचण्ड" सत्तामा सुकाईएको रहेछ
गाढिएका छन न्यायहरु
अझै अब उखेल्नु रहेछ
निर्मलाको न्याय खोजी गरौं
त्यहीँ कतै बाधीँएको रहेछ।

Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी