हाम्रो चोखो मायाSubash Bhandari · Jul ९, २०१६हाम्रो चोखो माया प्रेम खास हुनेछ, पिरतिको परिक्षामा पास हुनेछ।हाम्रो चोखो माया प्रेम खास हुनेछ,पिरतिको परिक्षामा पास हुनेछ।कुनै दुख कष्ट खट्न दिने छैन सानू,जब यो मन तिम्रोलागि दास हुनेछ।फुल झैँ कोमल तिम्रो त्यो पाउ बिझ्न दिन्न काँडा,बल्ल खाइस भन्नेलाइ उपहास हुनेछ।डर र त्रासको बिचमा कहिल्यै बाँच्नुपर्ने छैन,जब तिम्रो दिलमा मेरो बास हुनेछ।हाम्रो चोखो माया प्रेम खास हुनेछ,पिरतिको परिक्षामा पास हुनेछ।----सुवास भण्डारी bhsubas5@gmail.com ल्वाङ घलेल गा. वि. स. कास्की @subask40----तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः saahitya@hamropatro.com | धन्यवाद ।