जगाउने युवा पुस्तालाई हुन सदैव हतोत्साहित
जोगाउने संस्कार र संस्कृति सम्हाल्दै जोखिम सम्भावित
गर्ने प्रदर्शन समाजका केलाउँदै श्रेष्ठतम विशेषता
मार्ग हेर्ने प्रविष्टिको कहलाउँदै उच्चतम पूर्णता
प्रस्तुति गर्ने यथार्थता समाजको आरम्भ अवशान
चिनाउने द्वारमै स्वागतताको पार्थक्य पहिचान
हुनेछ सदाचार भई कायम भावना विश्व बन्धुत्वको
कहने क्षण निरन्तर अस्थायीत्व नभई स्थायित्वको
गर्ने मनन सदा अनुराग मेलमिलाप र एकताको
उतार्ने व्यवहारमा सब यदा मिलन र मित्रताको
बने वैभव सम्पदा गन्तव्य पर्यटकको आकर्षण
जाने नभई आफै पत्रिकामा प्रकाशन गरि अन्वेषण
बसी स्वदेशमै गरिने मनग्य मुद्रा विदेशी आर्जन
कसी एकै ढिक्कामा संस्कृति नगरी पार्श्वमा परिमार्जन
गर्ने एकले अर्काको संस्कारलाई हरपल सम्मान
तुल्याउने सावित सब धरोहर भनी सृष्टिको वरदान
आइपरे समस्या जोगाउन संस्कृति खोज्ने समाधान
बचाउने मिलि सब एक आपसमा नगरी अपमान
जोगाउने संस्कृति छरछिमेक सबै नै मिलिजुली
गर्ने निर्णय हट्न सक्ने अनेक सम्भावना सम्हाली
सम्पदा सांस्कृतिक गर्ने सबै मिलेमतो गरी संरक्षण
राख्ने ख्याल हेरी हराउन लागेको संस्कृति हरक्षण
सम्पदा सांस्कृतिक हो हाम्रो देशको पौरस्त्य सान
चिनारी राष्ट्रको बिशेषतागत हो सांस्कृतिक पहिचान
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्।
Liked by: