निरज मगर · Jan ३, २०२५
हेर साथी 12-15 वर्ष एउटा कागज लिन पढियो
जिन्दगी को आधा उमेर यतिकै सकियो
जति नै डिग्री लियो पनि अन्त्यमा जानु पर्ने खाडी हो
मेरा बा आमा ले दुख गरी कमाको।पैसा खोला झै बगियो
यहाँ भनु कसलाई पैसा देखेसी आफन्त ले नी रंग फेर्दिन्छ
अरूको प्रगति देखन न सक्ने ले अन्धकार तिर धकेल्दिन्छ
जति नै मिहिनेत संघर्स गरेपनि
भाग्यले भकुण्डो झै जीवनलाई खेल्दिन्छ
कति मिठा पलहरु थियो है त्यो हामीले सँगै बिताएक
सम्झेको छ कि छैन साथी हामीले १ बोतल निघार सिध्याएका
हेर साथी भोलि को दिन मा हामी आफ्नो आफ्नो बाटो मा हुनेछौं
तिमी तिम्रो भविष्य म मेरो सपना बुनेछौं
नमरी बाचे दैवले साँचे
हामी फेरि एकै साथ हुने छौं

Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी