हरि भक्त थापा · Feb २०, २०२०
जन्मभूमि बुद्दको यो देस शान्तिभूमि नेपाल।
संसारको छन भै उठेको सगरमाथा हिमाल।
हिड्दा ठेस नलागोस कहिल्यै नुहाँउदा नझरोस कपाल।
चिनाउ संसारमा साथी र संगी हो सुन्दर शान्त नेपाल।
फलोस फुलोस हाम्रो यो देसमा शान्तिका लहराहरू ।
झरुन शान्तिको संदेश बोकेर खहरे छहराहरु।
बनौ संसारका नामी रहु बिश्वासमा अटल।
चिनाउ संसारमा साथी र संगी हो सुन्दर शान्त नेपाल ।
बिहानीको लाल किराना संगै जन्माउ शान्ति सन्तति।
हटाउँन जसले हाम्रो यो देशमा अशान्तिहरु छन् जति ।
स्वोर्गलाई गिज्याउने बनाउ हाम्रो देस नेपाल ।
देखाउ जगतमा साथी र संगी हो सुन्दर शान्त नेपाल
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस् |
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी