पि.एल कुण्डालि · Dec २०, २०२३
तेल रित्तिएको पिना हुँ म
भो अब निचोर्ने नगर
वेलि सकेको पापड हुँ म
भो अब थिचोर्ने नगर
घिस्री सकेको पाथर हुँ म
भो अब घुमाउने नगर
डोरि चुडिएको झुला हुँ म
भो अब झुमाउने नगर
आगो निभेको कोइला हुँ म
भो अब फुक्ने नगर
घिणित हुँदै तिरस्कृत हुँ म
भो अब थुक्ने नगर
तेल सिद्धिएको दीप हुँ म
भो अब प्रकाशको आष नगर
फेल भैसकेको परिक्षार्थी हुँ म
भो अब नम्बर दिएर पास नगर

Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी