अाएको विहान
· Jul २, २०१६

साथीप्रति
त्यो विहान
कहिल्यै पनि
मेरो घरमा मात्र एक्लै आएन
तिम्रो घरमा मात्र एक्लै गएन
लिएर आएको चिसो वतास र उज्यालो आकाश
आधा तिम्रो आगनमा दियो
आधा मेरो पिँडिमा
र उठायो निन्द्रालाई
काखमा सुतिरहेका आँखाहरुवाट
हेर त
तिम्री आमा र मेरी आमाले खिचेको कलवाट
उति उति नै पानी आएको
ति आँखा
तिम्रा पनि हुन्
मेरा पनि हुन्
हेर्न दिएका एक अर्काका आँखामा
यि भावना
तिम्रा पनि हुन्
मेरा पनि हुन्
वुझ्न दिएका एक अर्काका व्यथाहरु
भिँडेर पनि त
कति चाँडै मिल्थ्यौ है हामी सानोमा?
उसले ल्याएको उज्यालो आकाशले
वाँढेका उज्याला सपनाहरु
चाहेका सुन्दर भविष्यहरु
तिम्रा पनि हुन्
मेरा पनि हुन्
उसले हामीलाई वाँढेका
यि न्यानो घरहरु
तिम्रा पनि हुन्
मेरा पनि हुन्
विर्सियौ?
सानोमा एउटा चकलेट
फुटाएर आधा आधा खाएको?
प्रिय मित्र
तिम्रो घर अँध्यारो हुँदा
म कहिल्यै रमाईन
मेरो घर सुन्ने हुँदा
तिमी कहिल्यै हाँसेनौ
तिम्रो सपना गायव हुँदा
म कहिल्यै निदाईन ।
मेरो चुल्हो चिसो हुँदा
तिमी कहिल्यै अघाएनौ
स्कुल पढ्दा
सँगै डुलेको बाल्यकाल
संझिए भने कहिलेकाँही
अहिले पनि केटाकेटी हुन मनलाग्छ
तर बिडम्वना¸
देशमा बाल्यकाल बर्जित हुँदैछ ।
लेखकः सुरज सुवेदी
भोजपुर तर हाल बिराटनगर
https://www.facebook.com/surazz.subedi
---
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः saahitya@hamropatro.com | धन्यवाद ।