उधिस्थिर जोशी · Nov १२, २०२४
मन हर्षित बनाइ
यादहरुको पनि याद बनी
झजल्को आइरहने
तिमी को हौ?
प्रेमको पनि प्रेम
मेरो सपनाको मुख्य पात्र
नदेखे देखिरहु लाग्ने
बोलिएका शब्दहरु सुनिरहु लाग्ने।।।१
झजल्को आइरहने
तिमी को हौ?
काहा छौ ?
थाहा छैन।
मेरा हृदयमा स्पर्श भै रहन्छ।
तिम्रो माया हो कि,मेरो तृष्णा हो।।
मन हर्षिद बनाइ
यादहरुको पनि याद बनी
झजल्को आइरहने
तिमी को हौ?
न नाम न गाउँ ठेगान
न तस्विर न कुनै चिनजान
तै पनि मनमा मस्तिस्कमा
आभाष तिमै शासनको।।
मन हर्षिद बनाइ
यादहरुको याद बनी
झजल्को आइरहने
तिमी को हौ?
