यो दुनियाँले छोडेको मान्छे म
तिमी अगाल्छौं भने स्वागत छ
तर, रोज्दा मलाई तिमी पनि
छोडिन सक्छौं, बिचार गर्नु है
आफ्नाहरुले बीच मैं हात छोडेको मान्छे म
तिमी हात थाम्छौं भने स्वागत छ
तर, थाम्दा मेरो हात तिम्रो हात पनि
छोडिन सक्छ विचार गर्नु है
रोज्दा खेरी मलाई अलि विचार गर्नु है
तिमी विचार गर्नु है ।।
तिम्रा चाहनाहरु धेरै होलान्
पुरा गर्न सक्दिन म,
राख्दा चाहना तिमी विचार गर्नु है
दुनियाको नजरमा गलत कहलिएको म
रोज्दा मलाई तिमी पनि गलत कहिन सक्छौं विचार गर्नु है
रोज्दा खेरी मलाई अलि तिमी विचार गर्नु है
आफ्ना सँगै त्यो दैबले समेत ठगेको मान्छे म
रोज्दा मलाई तिमी पनि ठगिन सक्छौं विचार गर्नु है
रोज्दा खेरी मलाई अलि विचार गर्नु है
म संग जोड्दा खेरी नाता विचार गर्नु है
थाम्दा खेरी मेरो हात विचार गर्नु है
तिमी विचार गर्नु है ।।
Liked by: