सुजन मैनाली · Mar २०, २०१८
भगवानको फुर्सतमा बनिएकी तिमी,
अनगिन्ती तारा सगरमा
चम्किएझै चम्किएकी तिमी,
विभिन्न प्राकृतिक आभुषणमा सजिएकी तिमी,
उहिँ हाँसो, उहिँ आनिबानी
अलिकति पनि नबद्लिएकी तिमी
सुगन्धित पुष्प बनि
भमराको आकर्षितको लागि तल्लीन
देखिएकी तिमी,
उद्यानकी मालि बनि
पुष्पको सेवामा तत्पर रहेकी तिमी,
उहीं चञ्चलपन, उहीं स्वच्छता
अलिकति पनि नबद्लिएकी तिमी
------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|