
कुल २ सय २० सिटको समानुपातीक नतिजामा एमालेले ७५ सिट पाएको छ । प्रत्यक्ष तर्फ कूल ३ सय ३० सिट मध्य १ सय ३८ सिट पाएर नेकपा एमाले पहिलो पार्टी भएको थियो । प्रदेश सभा तर्फ कूल ५ सय ५० सिटमा एमाले एक्लैले २ सय ४३ सिट जितेको छ । प्रदेश सभाको प्रत्यक्षमा ४१ सिट जितेको काग्रेसले समाुनपातीकमा ७२ सिट जितेर एमले लाई पछ्याएको छ । प्रत्यक्षमा ७३ सिटमा जितेको माओवादी केन्द्रले समानुपातीकमा ३५ सिट पाएको छ ।
रानीपोखरीकोे पूर्ननिर्माण देखि सिहंदरबारको पूर्ननिर्माणसम्म यस बर्ष अर्थात सन् २०१८ ले अपेक्षा राखेको छ । निजगढ बाराको हवाई फिल्ड देखि त्रिभुवन बिमानस्थलको नवनिर्माणसम्म को ठेक्का यसै बर्षले लिएको छ । पर्यटनको प्रर्वधनका लागि नेपाल पर्यटनले घोषणा गरेको घुमफीर बर्ष को थप सस्करणहरु यस बर्ष सुन २०१८ ले अपेक्षा गरेको छ । कालिन्चोक दोलखाका हिँऊहरु देखि उपल्लो मुस्तागंका धुलो अनि हिँऊसम्म पर्यटकका पदचापले केही हदसम्म कुँदिएको बर्ष २०१७ ले बर्ष २०१८ लाई थप पर्यटनको संभावना बोकेर हस्तान्तरण गर्दैछ ।