Suyog Dhakal · Apr १०, २०१८
राजा बिक्रमआदित्यले चलाएका संवतले अब केही दिनमा २०७५ औं वर्षमा पाइला टेक्दैछ, विक्रम संवत बुझ्ने ले यि राजालाई पनि चिन्न जरुरी छ ।
भविष्य पुराणमा विक्रमआदित्यको बारेमा धेरै कुराहरु लेखिएका छन् । यसलाई १८ पुराणमध्येको एक मुख्य पुराण मानिन्छ र येशुको जन्म हुनुअघि वा सन् सुरु हुनु अगावै व्यासले यी पुराणहरु लेखेको मानिन्छ । भविष्य पुराणमा भविष्यमा हुने घटनालाई इतिहासजस्तै गरी लेखिएको र यो शिव, विष्णु, सूर्य आदि भगवानको महिमा गाएर सुरु भएको बताइन्छ ।