नरेन्द्रराज प्रसाई · Mar ६, २०१८
तर 'जेल बाहिर चालीस वर्षमा उनले आफ्नो मन लेखे । त्यस कृतिमा उनले भनेका थिए ''पञ्चायतका जरा उखेल्नु एउटा नमूना मात्र हो हेर्दै जाउँ अझै केके उखेलिन्छ !'' साँच्चै हो राजाका धुपौरेले सिंहजस्ता देशभक्तका पनि नाकमा घरिघरि नस हालिरहन्थे र यस्ता किसिमका क्रान्तिकारी किताब लेख्ने प्रेरणा दिइरहन्थे ।
सिंहले जीवनको महत्त्वपूर्ण भाग राणाशासनविरुद्ध सङ्घर्ष गरेरै विताए । उनी बीस वर्षसम्म जेलभित्रको फलामे पिंजडामा नै कोचिए । मान्छै थुन्ने त्यस पिंन्जडामा उनी उभिन सक्तैन थिए र खुट्टा पसारेर सुत्न पनि सक्तैन थिए । वास्तवमा अहिलेसम्मकै राजनैतिक यातना भोगीको इतिहासमा राजनीतिज्ञहरूमा सबैभन्दा बढी यातना भोग्ने व्यक्ति पनि सिंह नै थिए ।